ढोर दरबारमा सरसफाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    ढोर दरबारमा सरसफाई

    खबरपुञ्ज संवाददाता

    २६ आश्विन २०७७, मंगलवार

    तनहुँ : तनहुँकाे शुक्लागण्डकी नगरपालिका–१० रजस्थलस्थित ढोर मुलकोट दरबार परिसरमा सरसफाई गरिएको छ । वडा कार्यालयकाे समन्वयमा सोमबार वि क्यान समूहले सरसफाई गरेको हो ।

    रजस्थल कोटकालिका टोलका सदस्य र वडाका जनप्रतिनिधि पनि सरसफाईमा सहभागी भएका थिए । कोरोना संक्रमणको जोखिमले अधिकांश घरमै थुनिदाँ ढोर दरबारमा आन्तरिक पर्यटक उक्लन थालेका छन् । त्यहाँ पुगेका पर्यटकले फोहर गरेकाले सरसफाई गरिएको वडाध्यक्ष रामचन्द्र भण्डारीले बताउनुभयाे । दरबार आसपासको झाँडी पनि फाडिएको उहाँले जानकारी दिनुभयाे ।

    वडाध्यक्ष भण्डारीले युवाहरु दुर्व्यसनीमा नलागेर सामाजिक कार्यमा अग्रसर हुनुपर्ने सुझाव दिनुभयाे । रजस्थल कोटकालिका टोल विकास संस्थाका अध्यक्ष यामबहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन वडा सदस्य राजेन्द्र भट्टराई क्षेत्री र स्वागत केशब थापाले गर्नुभएकाे थियाे । सरसफाईमा करिब ६० जनाको सहभागिता थियो ।