बन्दीपुर गाउँपालिकाद्वारा ट्राफिकलाई सङ्केत सामग्री हस्तान्तरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    बन्दीपुर गाउँपालिकाद्वारा ट्राफिकलाई सङ्केत सामग्री हस्तान्तरण

    खबरपुञ्ज संवाददाता

    २६ आश्विन २०७७, मंगलवार

    तनहुँ : तनहुँको बन्दीपुर गाउँपालिकाले ट्राफिक प्रहरीलाई सङ्केत सामग्री हस्तान्तरण गरेको छ । डुम्रे बजारको सवारी व्यवस्थापनमा सहयोग पु¥याउने उद्देश्यले गाउँपालिकाले ट्राफिकलाई सङ्केत सामग्री हस्तान्तरण गरेको हो ।

    No description available.

    गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले मङ्गलबार ट्राफिक प्रहरी कार्यालयका प्रमुख रेशम रानाभाटलाई उक्त सामग्री हस्तान्तरण गर्दै सवारी व्यवस्थापनका लागि गाउँपालिकाको तर्फबाट सहयोग रहने बताउनुभयो । ट्राफिक प्रहरी प्रमुख रानाभाटले जिल्लाको सवारी व्यवस्थापनका लागि स्थानीय तहको सहयोगले प्रहरीलाई काम गर्ने हौसला मिलेको बताउनुभयो ।

    No description available.

    गाउँपालिकाले प्रहरीलाई १० थान होर्डिङ बोर्ड र ३३ थान सङ्केत सामग्री हस्तान्तरण गरेको गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले जानकारी दिनुभयो । साथै गाउँपालिकाले सडकमा हिँड्ने यात्रुलाई मास्क समेत वितरण गरेकाे गुरुङले बताउनुभयाे ।