तनहुँ : तनहुँमा मङ्गलबार दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ऑबुखैरेनी र बन्दीपुर गाउँपालिकामा दुई जनामा सङ्क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार ऑबुखैरेनी गाउँपालिका-३ का १२ वर्षीय बालक र बन्दीपुर गाउँपालिका-१ का ५७ वर्षीया महिलामा सङ्क्रमण पुष्टि भएको हो ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिभर क्लिनिकबाट परीक्षण गर्दा सङ्क्रमित पहिचान भएका हुन् ।