काठमाडौ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले हुम्लामा सीमा विज्ञ पठाउन माग गर्नुभएको छ । पौडेलले ट्वीट गर्दै चीनले नेपाली भूमि मिचेर भवन बनाएको हो या होइन यकिन गर्नका लागि सीमा विज्ञ टोली पठाउन आग्रह गर्नुभएको हो ।
नेता पौडेलले लेख्नुभएको छ, “हुम्लामा सीमा विज्ञ पठाउँ ! स्थलगत अध्ययनको प्रतिवेदन पूरा नआई प्रतिकृया दिने सरकार, जनतासित माफी मागोस् र माननीय जीवन शाही टोलीको मागअनुसार हुम्ला सीमामा तुरुन्तै विज्ञ टोली खटाई आफ्नो भूमि मिचिएको हो होइन यकिन गरियोस् !”