गण्डकी प्रदेशका सात जिल्लामा थपिए ३१ सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकी प्रदेशका सात जिल्लामा थपिए ३१ सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    २७ आश्विन २०७७, बुधबार

    पाेखरा : गण्डकी प्रदेशमा बुधबार ३१ जना कोरोना सङ्क्रमित थपिएका छन् । गोरखा, कास्की, नवलपुर, तनहुँ, स्याङ्जा, लमजुङ, पर्वतका ३१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार गोरखामा १७, कास्कीमा तीन, नवलपुरमा ६, तनहुँमा दुई, स्याङ्जामा एक, लमजुङमा एक र पर्वतमा एक जनामा सङ्क्रमण पुष्टि भएको छ ।

    योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ५ हजार १ सय ३१ पुगेको छ ।