पाेखरा : गण्डकी प्रदेशमा हालसम्मकै उच्च सङ्क्रमण बिहीबार देखिएकाे छ । बिहीबार गण्डकी प्रदेशका विभिन्न जिल्लामा १ सय ६९ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ ।
प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नवलपुरमा ५८, बागलुङमा ५१, कास्कीमा ३५, तनहुँमा ११, गाेरखामा ७, लमजुङमा ३ र म्याग्दीमा ४ जनामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । याेसँगै गण्डकी प्रदेशमा काेराेना सङ्क्रमितकाे सङ्ख्या ५३५६ पुगेकाे छ ।