कस्तो छ तीन दिनको मौसम ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    कस्तो छ तीन दिनको मौसम ?

    खबरपुञ्ज संवाददाता

    २९ आश्विन २०७७, शुक्रबार

    काठमाडौं : अहिले प्रदेश १, बाग्मती, गण्डकी र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा उल्लेखनिय मौसमी प्रणाली छैन ।

    • यस्तो छ तीन दिनको पूर्वानुमान :-

    असोज ३० गते (शुक्रबार)
    दिउँसो : प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ । देशका अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ , बाग्मती प्रदेश र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    राती: प्रदेश १, बाग्मती , गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ । देशका अन्य भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १ , बाग्मती प्र देश र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    कार्तिक ०१ गते (शनिबार)
    दिउँसो : प्रदेश १, बाग्मती , गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ । देशका अन्य भू-भागमा आंशिक बदली रहनेछ  ।बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ।

    राती: देशका पहाडी भू-भागहरूमा आंशिक देखि सामान्य बदली तथा देशका बाँकी भू-भागमा आंशिक बदली रहनेछ । गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघ-गर्जन सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    कार्तिक ०२ गते (आईतबार)
    दिउँसो : प्रदेश १, बाग्मती , गण्डकी, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ । देशका अन्य भू-भागमा आंशिक बदली रहनेछ । प्रदेश १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।

    राती: प्रदेश १, बाग्मती, गण्डकी, कर्णाली र सुदुर पश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ । देशका अन्य भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।