ऑबुखैरेनीमा पनि ‘नो हर्न : नो ओभरटेक’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    ऑबुखैरेनीमा पनि ‘नो हर्न : नो ओभरटेक’

    खबरपुञ्ज संवाददाता

    २ कार्तिक २०७७, आईतवार

    तनहुँ : तनहुँको ऑबुखैरेनी गाउँपालिकाको राजमार्ग क्षेत्रमा ‘नो हर्न : नो ओभरटेक’ नियम लागु गरिएको छ । कात्तिक १ गतेदेखि ट्राफिक प्रहरी पोष्टदेखि गाउँपालिका कार्यालय गेटसम्म उक्त नियम लागु गरिएको हो ।

    दुर्घटना न्युनीकरणका लागि यो अभियान लागु गरिएको ट्राफिक प्रहरी सहायक निरीक्षक राजु श्रेष्ठले जानकारी दिनुभयो । तीव्र गतिका कारण सवारी चलाउँदा र जथाभावी ओभरटेक गर्दा दुर्घटना हुने भएकाले यो अभियान मार्फत दुर्घटना न्युनीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

    तनहुँ उद्योग वाणिज्य सङ्घ ऑबुखैरेनी इकाईले उक्त ठाउँमा ‘नो हर्न : नो ओभरटेक’ को सङ्केत सामग्री राखेको छ । चालकहरुलाई यस बारेमा जानकारी दिन सचेतनामूलक साम्रगी समेत वितरण गरिएको छ ।

    ऑबुखैरेनी गाउँपालिकाले पनि बजार क्षेत्रको ट्राफिक व्यवस्थापनको लागि केही दिन अगाडी सङ्केत सामग्री हस्तान्तरण गरेको थियो ।

    यसअघि दमौलीको बुल्दीपुलदेखि मादी पुलसम्मको क्षेत्रलाई पनि ‘नो हर्न : नो ओभरटेक’घोषणा गरिएको थियो ।

    तस्वीर : रामबहादुर धामी