जिपीका दुई महिला कर्मचारीमा कोरोना सङ्क्रमण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    जिपीका दुई महिला कर्मचारीमा कोरोना सङ्क्रमण

    खबरपुञ्ज संवाददाता

    १ कार्तिक २०७७, आईतवार

    तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिका–५ स्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका दुई कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले आइतबार दिउँसो सार्वजनिक गरेको विवरण अनुसार दुई महिला कर्मचारीमा सङ्क्रमण पुष्टि भएको हो ।

    कोरोना सङ्क्रमित हुनेमा २४ र २६ वर्षीया महिला रहेको निर्देशनालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । उपचार केन्द्रका प्रमुख डा. रामकुमार श्रेष्ठले उपचार केन्द्रका १८ जनाको स्वाब सङ्कलन गरी परीक्षणका लागि पठाइएको जानकारी दिनुभयो ।