बन्दीपुरमा थपिए दुई सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    बन्दीपुरमा थपिए दुई सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    १ कार्तिक २०७७, आईतवार

    तनहुँ : तनहुँको बन्दीपुर गाउँपालिकाका दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा एक पुरुष र एक महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य निर्देशनालयका अनुसार बन्दीपुर गाउँपालिका–१ का ४० वर्षीय पुरुष र बन्दीपुर गाउँपालिका–३ का ४० वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    यो सहित आइतबार मात्रै तनहुँमा २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आइतबार व्यास नगरपालिकाका ६, म्याग्दे गाउँपालिकाका एक, भानु नगरपालिकाका एक, शुक्लागण्डकी नगरपालिकाका ८, जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।