चरक मेमोरियलमा ७० वर्षीया संक्रमितको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    चरक मेमोरियलमा ७० वर्षीया संक्रमितको मृत्यु

    खबरपुञ्ज संवाददाता

    १ कार्तिक २०७७, आईतवार

    पाेखरा : गण्डकी प्रदेशमा थप १ कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा महानगरपालिका ९ कि ७० वर्षीया संक्रमित महिलाको चरक मेमोरियल हस्पिटलमा आइतबार बिहान मृत्यु भएको हो ।

    उनमा निमोनिया र उच्च रक्तचापको समस्या रहेको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिनुभयाे ।

    योसहित गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ । मृत्यु हुनेमा कास्कीका १६, नवलपुर र तनहुँका ९/९, गोरखाका ७, स्याङ्जाका ५, लमजुङ र बागलुङका २ र म्याग्दीका १ जना छन् ।