भीमाद नगरपालिकाको अनुरोध : अनावश्यक घुमफिर नगरौं, परिवारका सदस्यबीच मात्र दशैं मनाऔं
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • भिमाद

    भीमाद नगरपालिकाको अनुरोध : अनावश्यक घुमफिर नगरौं, परिवारका सदस्यबीच मात्र दशैं मनाऔं

    खबरपुञ्ज संवाददाता

    १ कार्तिक २०७७, आईतवार

    तनहुँ : तनहुँको भीमाद नगरपालिकाले अनावश्यक जमघट तथा यात्रा नगरी परिवारका सदस्यबीच मात्रै दशैं मनाउन अनुरोध गरेको छ । नगरप्रमुख मेखबहादुर थापाले आइतबार सार्वजनिक सूचना जारी गर्दै कोभिड–१९ को सङ्क्रमण न्यूनीकरणका लागि आफ्नै परिवारका सदस्यबीच मात्रै घर घरमा नै दशैं मनाउन आग्रह गर्नुभएको हो ।

    कोरोना भाइरसको जोखिमबाट आफू बच्दै अरुलाई पनि बचाउनु सबैको कर्तव्य भएकाले चाडपर्वमा अनावश्यक यात्रा नगर्न नगरपालिकाले अनुरोध गरेको हो । नगरपालिकाले अनावश्यक भीडभाड हुने मेला, जात्रा, महोत्सव, जमघट, चियापान तथा शुभकामना आदानप्रदान नगर्न, जुवातास लगायत कानूनले निषेधित गरेको कार्य नगर्न, बिदाको समयमा अनावश्यक घुमफिर नगर्न, अत्यावश्यक काममा बाहेक घरबाट बाहिर ननिस्कन नगरवासीमा आग्रह गरेको छ ।

    नियमित रुपमा पूजापाठ बाहेक मठमन्दिरमा भीडभाड नगर्न, पूजापाठलाई घरघरमै मात्र सीमित राख्न, खेलकुद तथा सांस्कृतिक कार्यक्रम नगर्न, देउसीभैलो लगायत मनोरञ्जनात्मक कार्य नगर्न पनि नगरपालिकाले अनुरोध गरेको छ ।