एजेन्सी : आईपीएलको इतिहासमा नयाँ रेकर्ड बनेको छ । जारी सिजनको ३६ औं खेलमा मुम्बई इन्डियन्सलाई दोस्रो सुपर ओभरमा किंग्स इलाभेनले पराजित गर्दा आईपीएल इतिहासको नयाँ रेकर्ड बनेको हो ।
पहिले ब्याटिङ गरेको मुम्बईले दिएको १७७ रनको लक्ष्य पछ्याएको पन्जाबले २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको थियो । यसअघि मुम्बइले पनि निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन जोडेको थियो ।
दुबै टोलीले समान रन जोडेपछि खेल टाई भएको थियो । त्यसपछि खेलको निर्णय सुपर ओभरमा पुग्यो । पहिलो सुपर ओभरमा दुबै टोलीले समान ५–५ रन बनाएपछि खेल पुनः टाई हुन पुग्यो ।
पहिलो सुपर ओभर पनि टाई भएपछि खेलको निर्णयका लागि दोस्रो सुपर ओभरको तय भयो । जसमा पन्जाबले मुम्बईलाई पराजित गर्न सफल भयो । तर, क्रिकेट इतिहासमा यो अनौठो रह्यो । जहाँ एकै ओभरमा दुई सुपर ओभर भए । यसअघि आइतबार नै भएको कोलकाता नाइट राइडर्स र सनराएजर्स हैदरावादबीच भएको खेलमा पनि सुपर ओभरमा पुगेको थियो ।
पहलो सुपर ओभर
पहलो सुपर ओभरमा पन्जाबले मुम्बईका बलर जसप्रीत बुमराहको सामना गरेका थिए । बुमराहको ओभरमा पन्जाबले ५ रन बनाउँदा दुई विकेट गुमाएको थियो । पन्जाबका लागि कप्तान केएल राहुल र निकोलस पूरनको जोड़ी सुपर ओभरमा ब्याटिङ गर्न आएको थियो । बुमराहको दोस्रो बलमा पूरन र अन्तिम बलमा केएल राहुल आउट भए ।
त्यसपछि ब्याटिङ गर्न आएको मुम्बईलाई जितका लागि ६ रनको लक्ष्य थियो । मुम्बईका लागि क्विन्टन डिकाक र कप्तान रोहित शर्मा पहिले ब्याटिङ गर्न त्रिलजमा आए । पन्जाबका लागि मोहम्मद शमीले बलिङ गरे । मुम्बईलाई सुपर ओभरको अन्तिम बलमा दुई रनको आवस्यकता परेको थियो । तर, डिकाक दोस्रो रन लिने प्रयास गर्दा रन आउट हुन पुगे । र एक पटक फेरी खेल सुपर ओभरमा टाई हुन पुग्यो ।
दोस्रो सुपर ओभर
दोस्रो सुपर ओभरमा मुम्बईले १ विकेट गुमाउँदै ११ रन जोडेको थियो । किरोन पोलार्ड र हार्दिक पान्ड्याले मुम्बईका लागि पहिले ब्याटिङ गरे । पन्जाबका लागि क्रिस जोर्डनले बलिङ गरेका थिए । यस सुभर ओभरको चौथो बलमा हार्दिक पान्ड्या दोस्रो रन लिने समयमा आउट हुन पुगे ।
त्यसपछि पन्जाबलाई १२ रनको लक्ष्य सुम्पेको थियो । पन्जाबका लागि क्रिस गेल र मयङ्क अग्रवाल ब्याटिङ गर्न क्रिजमा पुगे । मुम्बईका लागि दोस्रो सुपर ओभरमा बलिङ गर्न आएका ट्रेन्छ बोल्टको पहिलो बलमा नै गेलले छक्का प्रहार गरे । दोस्रो बलमा एक रन लिँदै गेलले क्रिज मयङ्क अग्रवाललाई दिए । अग्रवालले तेस्रो र चौथो बलमा चौका प्रहार गर्दै पन्जाबलाई जित दिलाए ।