कुखुराको खोरमा कौडा खेल्ने समातिए
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    कुखुराको खोरमा कौडा खेल्ने समातिए

    खबरपुञ्ज संवाददाता

    २ कार्तिक २०७७, सोमबार

    गोरखा : गोरखा नगरपालिका–४ पन्थेस्वाँराबाट १२ जना जुवाडे पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा आइतबार राति करिब ११ बजे कुखुराको खोरमा कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    उनीहरुको साथबाट करिब डेढ लाख नगद र ३९ वटा कौडा बरामद गरिएको एसपी सुरेन्द्र बहादुर गुरुङले बताउनुभयाे । उनीहरुलाई जुवा ऐन अन्तरगत मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडि बढाइएको उहाँले जानकारी दिनुभयाे । चाडबाड नजिकिएसँगै जुवातास नियन्त्रणका लागि निगरानी बढाइएको गोरखा प्रहरीले जनाएको छ । जुवातास नखेल्न आग्रह गर्दै प्रहरीले खेलेको पाइएमा कानून अनुसार कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।