तनहुँ : तनहुँको ऋषिङ गाउँपालिकामा तीन कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले मङ्गलबार बिहान सार्वजनिक गरेको विवरण अनुसार एकै वडाका तीन सङ्क्रमित थपिएका हुन् ।
ऋषिङ-१ का २४, २८ र ४५ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको छ । सबै कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् ।