तनहुँ : तनहुँको व्यास नगरपालिकामा दुई कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले मङ्गलबार सार्वजनिक गरेको विवरणमा व्यासका दुई वडामा कोरोना सङ्क्रमित थपिएका हुन् ।
व्यास-१ का ४५ र व्यास-११ का ४३ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो ।