गण्डकीमा कोरोना संक्रमितको उपचार निःशुल्क
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकीमा कोरोना संक्रमितको उपचार निःशुल्क

    खबरपुञ्ज संवाददाता

    ३ कार्तिक २०७७, मंगलवार

    पोखरा : गण्डकी प्रदेश सरकारले प्रदेशमा कोरोना भाइरस संक्रमित बिरामीको उपचार निःशुल्क भइरहेको जनाएको छ। प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङका प्रेस संयोजक विक्रम न्यौपानेले गण्डकी प्रदेशमा कोरोना भाइरस का बिरामीको उपचार निःशुल्क भइरहेको स्पष्ट पार्नुभएकाे हाे ।

    उहाँले भन्नुभयाे, ‘नागरिकप्रतिको दायित्व पूरा गर्नबाट गण्डकी सरकार पछि हटेको छैन।’  उहाँका अनुसार गण्डकीका ३८ ठाउँका आइसोलेसनबाट उपचार भइरहेको छ। उहाँले भन्नुभयाे, ‘कोरोनाको पीसीआर परीक्षण र उपचार खर्च गण्डकी सरकारले नै व्यहोर्दै आएको छ। यो सेवा निरन्तर हुन्छ।’