म्याग्दीका कोरोना संक्रमितको पोखरामा मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    म्याग्दीका कोरोना संक्रमितको पोखरामा मृत्यु

    खबरपुञ्ज संवाददाता

    ४ कार्तिक २०७७, मंगलवार

    पाेखरा : गण्डकी प्रदेशमा थप १ कोरोना संक्रमितको मृत्यु भएको छ । म्याग्दीको धौवलागिरी गाउँपालिका ७ का ८५ वर्षे पुरुषको आज पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको हो ।

    उनी २९ असोजमा अस्पतालको कोभिड उपचार केन्द्रको आइसियुमा भर्ना भएका थिए । उनमा निमोनिया र किड्नीको समस्या रहेको अस्पतालका निर्देशक सहप्राडा अर्जुन आचार्यले जानकारी दिनुभयाे ।

    योसहित गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ । मृत्यु हुनेमा कास्कीका १७, नवलपुरका १०, तनहुँका ९, गोरखाका ७, स्याङ्जाका ५, लमजुङ र बागलुङका ३ र म्याग्दीका २ जना छन् । गण्डकीमा मंगलबारसम्म ६ हजार ८७ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये ३७ सय ७९ जना निको भएका छन् ।