लेक हाउस पोखराले दशै तिहारमा ल्यायो ‘बी थ्री’ अफर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    लेक हाउस पोखराले दशै तिहारमा ल्यायो ‘बी थ्री’ अफर

    खबरपुञ्ज संवाददाता

    ४ कार्तिक २०७७, बुधबार

    पाेखरा : फेवाताल सँगै जोडिएको र आकर्षक डिजाइन भएकोले पछिल्लो समय निकै लोकप्रियता कमाएको पोखराको लेक हाउसले दशै तिहारको अवसर पारेर ‘बी थ्री’ अफर घोषणा गरेको छ।
    कपल अफर अन्तर्गत जोडिले बुकिङ गर्दा पहिले ६ हजार रहेको प्याकेज ४ हजारमा उपलब्ध भएको लेक हाउसका सन्चालक सुजन जोशी बताउनुहुन्छ ।

    थ्री बि अर्थात बोट, बेड र ब्रेकफास्ट रहेको उक्त  प्याकेज अन्तर्गत लेकसाइड देखि लेक हाउस सम्मको दुइतर्फी डुङ्गाको यात्रा, कोठा र दुइजनाकोलागी ब्रेकफास्ट समेटीने जोशीको भनाइ छ।
    लेकसाइडको पारीपट्टी अनदु गाउँमा रहेको लेक हाउसबाट फेवाताल सँगै पोखरा लेकसाइडको रमाइलो दृश्य र सुर्योदयको अद्भुत दृश्यपान गर्न पाइने जोशीले बताउनुभयाे । माछाका परिकारको लागि पनि लेक हाउस प्रसिद्ध छ।  द लेक हाउस पोखराले ५ बर्ष देखी होटल तथा रेस्टुरेन्टको सेवा सहित लेक हाउसको संचालन गर्दै आइरहेको छ।