सशुल्क परीक्षण गराउँदा तनहुँमा थपिए चार सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सशुल्क परीक्षण गराउँदा तनहुँमा थपिए चार सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    ५ कार्तिक २०७७, बिहीबार

    तनहुँ : पोखरास्थित लाइफ केयर डाइग्नोष्टिक एण्ड रिसर्च सेन्टरमा परीक्षण गराउँदा तनहुँमा चार जना सङ्क्रमित थपिएका छन् । सेन्टरको ल्यावमा परीक्षणका लागि पुगेका जिल्लाका भीमाद, व्यास र शुक्लागण्डकी नगरपालिकाका चार पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य निर्देशनालयले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार भीमाद नगरपालिका–६ का ३७, वडा नं ८ का ६२, व्यास नगरपालिका–५ का ३६ र शुक्लागण्डकी नगरपालिका–४ का २७ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको हो ।