तनहुँ : तनहुँको व्यास नगरपालिकामा शुक्रबार चार कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार व्यासका चार पुरुषमा सङ्क्रमण पुष्टि भएको हो।
सङ्क्रमित हुनेमा व्यास नगरपालिकाका कर्मचारी, सनराइज बैङ्कका कर्मचारी छन् । क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा ३८, ३९,४४, २७ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमित दुई नगरपालिकाका कर्मचारी हुन् भने एक जना भने होम क्वारेन्टिनका हुन् ।