तनहुँ : बडादशैको आठौ दिन शनिबार तनहुँको ऑबुखैरेनीमा एक कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार ऑबुखैरेनीका एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
सङ्क्रमित हुनेमा ऑबुखैरेनी-३ का २९ वर्षीय पुरुष छन् । चितवन मेडिकल कलेजमा गरिएको परीक्षणबाट ती युवा पहिचान भएका हुन् ।