तनहुँ : तनहुँको व्यास नगरपालिकामा चार कोरोना सङ्क्रमित थपिएका छन् । व्यास-२ का तीन र व्यास-९ का एक जना गरी चार जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
व्यास-९ का ६२, व्यास-२ का ६० वर्षीय पुरुष र सोही वडाका ३७ र ६ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।