तनहुँ : गण्डकी प्रदेश सांसद रामबहादुर गुरुङ कोरोना सङ्क्रमणमुक्त हुनुभएको छ । गत असोज २९ गते कोरोना सङ्क्रमित हुनुभएका सांसद गुरुङ आइतबार कोरोनामुक्त हुनुभएको हो ।
सामाजिक सञ्जाल मार्फत् सांसद गुरुङले स्वास्थ्य लाभको कामना गर्ने सबैलाई आभार व्यक्त गर्नुभएको छ। कोभिड-१९ लाई खेलाची नठान्न आग्रह गर्दै सांसद गुरुङले भन्नुभएको छ, “कोभिड १९ बाट सङ्क्रमित भइसकेपछिको अवस्था निकै जटिल रहेका कारण हरेक नेपाली दाजुभाईहरुलाई खेलाची नसम्झनुहुन आग्रह गर्दछु । करिब १४ दिनको बसाईमा निकै पीडा भोगेको छु ।”