पाेखरा : गण्डकी प्रदेशमा एकैदिन दुई सय ५२ जना कोरोना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य निर्देशनालयले आज बिहान सार्वजनिक गरेको विवरण अनुसार तनहुँ, कास्की, बागलुङ, नवलपुर, लमजुङ, गोरखा, स्याङ्जामा दुई सय ५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
सङ्क्रमित हुनेमा नेपाल प्रहरी, ट्राफिक प्रहरी, बैङ्कका कर्मचारी, होम क्वारेन्टिनमा बसेका व्यक्ति लगायत रहेको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो । डा. शर्माका अनुसार तनहँुमा २६, कास्कीमा एक सय एक, नवलपुरमा ९८, स्याङ्जामा एक, बागलुङमा १७, लमजुङमा पाँच, गोरखामा चार जनामा सङ्क्रमण पुष्टि भएको छ ।