टीकाको दिन सांसद श्रेष्ठद्वारा मोटरमार्ग अनुगमन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    टीकाको दिन सांसद श्रेष्ठद्वारा मोटरमार्ग अनुगमन

    विवि श्रेष्ठ

    ९ कार्तिक २०७७, सोमबार

    तनहुँ : तनहुँ क्षेत्र नम्बर १ का सङ्घीय सांसद कृष्णकुमार श्रेष्ठले व्यास-१ स्थित गल्वुवेशी मोटरमार्गको अनुगमन गर्नुभएको छ । सासंद श्रेष्ठले सोमबार मोटरमार्गको स्तरोन्नति अन्तरगत भइरहेको कालोपत्रेको अनुगमन गर्नुभएको हो।

    आर्थिक वर्ष ०७६/७७ मा विनियोजित रु दुई करोडको लागतमा १ हजार ३ सय मिटर बाटो कालोपत्रेको काम भइरहेको छ । विनियोजित बजेटबाट भइरहेको कामको बारेमा जानकारी लिन अनुगमन गरेको सांसद श्रेष्ठले बताउनुभयो । बजेट विनियोजन हुने तर समयमा काम नहुने विगतको परिपाटीले विकास निर्माणमा अवरोध पुगेको उहॉको भनाई थियो ।


    सडक कालोपत्रेको ठेक्का हेजल कन्ट्रक्सनले पाएको छ । मोटरमार्ग कालोपत्रे हुनेभएपछि स्थानीयवासीले हिलो र धुलोबाट मुक्ति पाउने स्थानीय ज्ञानेन्द्र बसौलाले बताउनुभयो । पृथ्वीराजमार्गको गल्वुवेशीचोकदेखि लिचिघारीसम्म सडक कालोपत्रे हुनेछ ।