मनोज गजुरेललाई कोरोना पुष्टि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • मनोरञ्जन

    मनोज गजुरेललाई कोरोना पुष्टि

    खबरपुञ्ज संवाददाता

    ११ कार्तिक २०७७, मंगलवार

    काठमाडौं : हास्यकलाकार मनोज गजुरेलाई कोरोना पुष्टि भएको छ । आइतबार गरिएको पीसीआर परिक्षणमा कोरोना पुष्टि भएको सामाजिक सञ्जाल फेसबुकमार्फत उहॉले जानकारी गराउनुभएको छ ।

    टाउको दुख्ने, ज्वरो आउँने र ढाड दुख्ने समस्या देखिएपछि परिक्षण गराउँदा पोजेटिभ देखिएको उहॉले उल्लेख गर्नुभएको छ ।कोरोना पुष्टिपछि सेल्फ आइसोलेसनमा रहेको समेत उहॉले बताउनुभयो ।

    गजुरेलले फेसबुकमा लेख्नुभएको छ, ‘मलाई अहिले गार्हो हुनेखालका सिमटम्स छैनन् तर पनि आफू र अरुको स्वास्थ्यलाई ध्यानमा राखेर गुप्तवासमा रहेको जानकारी गराउन चाहान्छु ।’उहॉले पछिल्लो समय आफ्नो सम्पर्कमा आएका सबैलाई सचेत हुन समेत आग्रह गरेका छन् ।