तनहुँ : पृथ्वीराजमार्ग अन्तरगत तनहुँ खण्डमा मङ्गलबार भएको सवारी दुर्घटनामा पॉच घाइते भएका छन् । तनहुँको ऑबुखैरेनीमा भएको दुई दुर्घटनामा परी पॉच जना घाइते भएका हुन् ।
ऑबुखैरेनी-४ एनापहरामा मुग्लिङतर्फ जॉदै गरेको प्रदेश ३-०१-००२ ज ५९९१ नम्बरको कार र विपरति दिशाबाट आउँदै गरेको बा५च ५२३० नम्बरको कार ठक्कर खॉदा चार जना घाइते भएका छन् ।
प्रहरीका अनुसार घाइते हुनेमा सुर्खेत गौरीगंगा गाउँपालिका-५ बस्ने ३८ वर्षीया अस्मिता परियार, २५ वर्षीया लक्ष्मी सेन्चुरी, ३१ वर्षीय नन्दराम परियार र मोटरसाइकल चालक छन् ।
यस्तै ऑबुखैरेनी गाउँपालिका-२ ढापटार स्थित पृथ्वी राजमार्गमा आँबुखैरेनीबाट डुम्रे तर्फ जाँदै गरेको ग१०प ५६२५ नंम्बरको मोटरसाईकलको ठक्करबाट ६०/६२ वर्षीय पदम बहादुर राना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि भरतपुर पठाइएको छ भने मोटरसाईकल चालक प्रहरी नियन्त्रणमा छन् ।