तनहुँ : तनहुँकाे व्यास नगरपालिकाका एक महिलामा काेराेना सङ्क्रमण पुष्टि भएकाे छ । स्वास्थ्य निर्देशनालयले बुधबार सार्वजनिक गरेकाे विवरण अनुसार व्यास-२ की २४ वर्षीया महिलामा काेराेना सङ्क्रमण पुष्टि भएकाे हाे ।
क्षयराेग उपचार केन्द्र पाेखरामा गरिएकाे परीक्षणबाट ती महिला पहिचान भएकाे स्वास्थ्य निर्देशक डा. विनाेदविन्दु शर्माले जानकारी दिनुभयाे । त्यस्तै स्याङ्जामा १२, गाेरखामा दुई, मुस्ताङमा एक र कास्कीमा सात जना सङ्क्रमित थपिएका छन् ।
याेसँगै गण्डकी प्रदेशमा काेराेना सङ्क्रमितकाे सङ्ख्या ६ हजार ८ सय १३ पुगेकाे छ ।