तनहुँ : तनहुँमा बिहीबार थप तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको विवरण अनुसार शुक्लागण्डकी नगरपालिकाका दुई महिला र देवघाटका एक पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।
क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा शुक्लागण्डकी नगरपालिका–८ का १७ र २० वर्षीया महिलामा कोरोना पुष्टि भएको छ । बीपी कोइराला स्मृति क्यान्सर अस्पताल चितवनमा गरिएको परीक्षणमा देवघाट गाउँपालिका–५ का ४२ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।