लियाे क्लवद्वारा वृद्धाश्रममा न्यानाे कपडा वितरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    लियाे क्लवद्वारा वृद्धाश्रममा न्यानाे कपडा वितरण

    खबरपुञ्ज संवाददाता

    १२ कार्तिक २०७७, बिहीबार

    तनहुँ : लियो क्लब अफ तनहुँले व्यास नगरपालिका-५ पराशरमा रहेको ज्येष्ठ नागरिक चौतारी वृद्धाश्रममा न्यानो कपडा वितरण गरेको छ । क्लबले १३ औं चार्टर डेको अवसरमा बिहीबार आश्रममा रहेका वृद्धवृद्धाहरुको लागि १५ थान न्यानो कपडा वितरण गरेकाे हाे ।

    क्लबका अध्यक्ष प्रवेश पोख्ररेलले आश्रम सञ्चालक समितिका उपाध्यक्ष बलबहादुर रानाभाटलाई न्यानो कपडा हस्तान्तरण गर्नुभयाे । क्लबका अध्यक्ष पोख्ररेलले न्यानाे कपडाले वृद्धाश्रममा रहनुभएका वृद्धवृद्धाका लागि राहत पुग्ने बताउनुभयाे । क्लबले विगतमा पनि विभिन्न सामाजिक कार्यहरु गदै आईरहेको उहाँले जानकारी दिनुभयाे ।

    आश्रमका उपाध्यक्ष रानाभाटले लियोले गरेको सहयोगप्रति धन्यवाद दिनुभयाे । उक्त आश्रममा १३ जना वृद्धवृद्धाहरु बसोबास गदै आइरहेका छ्न् । दाताको भरमा चलेको आश्रममा विभिन्न संघसंस्थाहरुबाट सहयाेग प्राप्त भइरहेकाे रानाभाटले बताउनुभयाे ।

    उक्त कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष सुनिल मिश्र, तृतीय उपाध्यक्ष बसन्ती थापा, कोषाध्यक्ष रोविन श्रेष्ठ लगायतको उपस्थिति थियाे ।