जन्मदिनमा बालगृहलाई खाद्यान्न
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    जन्मदिनमा बालगृहलाई खाद्यान्न

    खबरपुञ्ज संवाददाता

    १३ कार्तिक २०७७, शुक्रबार

    तनहुँ : सञ्चारकर्मी राजेन्द्र परियारले जन्मदिनको अवसर पारेर व्यास नगरपालिका–१० वैरेनीस्थित उज्ज्यालो घरलाई खाद्यान्न सहयोग गर्नुभएको छ । जन्मदिनमा गरिने फजुल खर्च रोक्दै सञ्चारकर्मी परियारले उज्ज्यालो घरलाई शुक्रबार खाद्यान्न सहयोग गर्नुभएको हो ।

    परियारले बालगृहका लागि चामल, दाल, अण्डा, बिस्कुट सहयोग गरेको जानकारी दिनुभयो । “जन्मदिनमा अनावश्यक खर्च गर्नुभन्दा सामाजिक काम गरौं भन्ने भावना सहित बालगृहलाई सहयोग गरेको हुँ,” परियारले भन्नुभयो ।