काङ्ग्रेसद्वारा पौडेल, घिमिरे र थापाको स्वास्थ्य लाभको कामना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    काङ्ग्रेसद्वारा पौडेल, घिमिरे र थापाको स्वास्थ्य लाभको कामना

    खबरपुञ्ज संवाददाता

    १३ कार्तिक २०७७, शुक्रबार

    तनहुँ : नेपाली काङ्ग्रेस तनहुँले पार्टीका पूर्व सभापति, पूर्व सचिव र पार्टीका तर्फबाट वडाध्यक्षमा निर्वाचित तीन नेताको स्वास्थ्य लाभको कामना गरेको छ । शुक्रबार जिल्ला सचिव विश्व बॉस्तोलाले पार्टीका तर्फबाट तिनै जनाको स्वास्थ्य लाभको कामना गर्नुभएको हो ।

    पार्टीका पूर्व सभापति रघुनाथ पौडेलको काठमाडौस्थित ह्याम्स अस्पतालमा उपचार भइरहेको छ । पार्टीका पूर्व सचिव एवं म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेको काठमाडौस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उहॉमा कोभिड-१९ सङ्क्रमण देखिएको र स्वास्थ्यमा सुधार भइरहेको काङ्ग्रेसले जानकारी दिएको छ ।

    त्यस्तै व्यास-९ का वडाध्यक्ष सुरेश थापा कोभिड-१९ सङ्क्रमण भई स्वास्थ्य लाभ गरिरहेको जनाइएको छ ।

    काङ्ग्रेसले कोभिड-१९ को असर र प्रभाव विस्तारित हुँदै गएकाले सावधानी अपनाउन सम्पूर्ण जिल्लावासीमा आग्रह समेत गरेको छ ।