कोरोना अपडेट : विश्वभर संक्रमितको संख्या ४ करोड ५४ लाख
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • विदेश

    कोरोना अपडेट : विश्वभर संक्रमितको संख्या ४ करोड ५४ लाख

    खबरपुञ्ज संवाददाता

    १४ कार्तिक २०७७, शनिबार

    काठमाडौं : विश्वभर कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ करोड ५४ लाख नाघेको छ।  शनिबार बिहानसम्म जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको तथ्यांक अनुसार विश्वभर ४ करोड ५४ लाख  ८३ हजार ८ सय ७४ जना  संक्रमित भएको तथ्यांक रहेको छ। 

    अमेरिकामा संक्रमितको संख्या ९० लाख ३६ हजार ६ सय ८३ पुगेको छ। त्यस्तै भारतमा ८० लाख ८८ हजार ८ सय ५१, ब्राजिलमा ५४ लाख ९४ हजार ३ सय ७६ र रुसमा १५ लाख ८८ हजार ४ सय ३३ जनामा  ंसंक्रमण पुष्टि भएको तथ्यांक रहेको छ।  

    त्यस्तै विश्वभर मृत्यु हुने कोरोना संक्रमितको संख्या ११ लाख ८७ हजार नाघेको छ ।

    पछिल्लो तथ्यांक अनुसार ११ लाख ८७ हजार ५ सय ५० जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ। 

    अमेरिकामा २ लाख २९ हजार ५ सय ९४,  ब्राजिलमा १ लाख ५८ हजार ९ सय ६९, मेक्सीकोमा  ९१ हजार २ सय ८९, बेलायतमा ४६ हजार ३ सय १९, इटालीमा ३८ हजार ३ सय २१ जनाको मृत्यु भएको छ

    विश्वभर दुई करोड ९५ लाख ९९ हजार ४ सय ४५ जना संक्रमणमुक्त भएका छन्। 

    शनिबार  बिहानसम्मको तथ्यांक अनुसार ब्राजिलमा ४९ लाख ६२ हजार ५ सय ७४, अमेरिकामा ३५ लाख ७८ हजार ४ सय ५२, रुसमा ११ लाख  ९३ हजार ८ सय ६७ जना संक्रमणमुक्त भएका छन्।

    नेपालमा पनि एक लाख ६८ हजार २ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये एक लाख २८ हजार ९ सय ५८ जना संक्रमणमुक्त भएका छन् भने ९ सय २० जनाको मृत्यु भएको छ।
    भारतमा संक्रमितको संख्या ८० लाख ८८ हजार ८ सय ५१ पुगेको छ। भारतमा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या एक लाख २१ हजार ९० पुगेको छ। भारतमा हालसम्म ७३ लाख ७३ हजार ३ सय ७५ जना  संक्रमित संक्रमणमुक्त भएका छन्।
        
    पाकिस्तानमा हालसम्म ३ लाख ३२ हजार १ सय ८६ सय जना संक्रमित भएका छन्। संक्रमितमध्ये पाकिस्तानमा ६ हजार ७ सय ९५ जनाको मृत्यु भएको छ। पाकिस्तानमा हालसम्म ३ लाख १३ हजार  ५ सय २७ जना उपचारपछि निको भएका छन्।
        
    बंगलादेशमा कोरोना संक्रमितको संख्या ४ लाख ६ हजार ३ सय ६४ पुगेको छ। बंगलादेशमा हालसम्म ५ हजार ९ सय ५ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या बंगलादेशमा  ३ लाख २२ हजार ७ सय ३  छ।

    अफ्गानिस्तानमा संक्रमितको संख्या ४१ हजार ३ सय ३४ पुगेको छ। अफगानिस्तानमा १ हजार ५ सय ३३ जनाको मृत्यु भइसकेको छ भने ३४ हजार २ सय ५८  जना उपचारपछि निको भएका छन्।

    माल्दिभ्समा संक्रमितको संख्या ११ हजार ६ सय ४३ जना रहेको छ। मृत्यु हुनेको संख्या ३७ छ भने उपचारपछि निको हुनेको संख्या १० हजार ७ सय ७९ पुगेको छ ।

    श्रीलंकामा संक्रमितको संख्या १० हजार ४ सय २४ जना  रहेको छ। संक्रमणपछि मृत्यु हुनेको संख्या १९ छ भने निको हुनेको संख्या ४ हजार २सय ८२ रहेको छ।

    भुटानमा संक्रमितको संख्या ३४६ पुगेको छ। उपचारपछि निको हुनेको संख्या ३१६ छ।