एजेन्सी : स्पेनिस लिगमा बार्सिलोना लगातार २ खेलमा जित विहिन बनेको छ । शनिबार राति सम्पन्न डिपोर्टिभो विरुद्धको खेलमा बार्सिलोनाले १ एक गोलको बराबरी खेलेको छ । यसअघि एल क्लासिकोमा बार्सिलोना पराजित भएको थियो । ‘
यो बराबरीले बार्सिलोनाले च्याम्पियन्स लिगमा युभेन्टसलाई खुवाएको हार समेत विर्साईदिएको छ । शनिबार रातिको खेलमा बार्सिलोनालाई खेलको ६३औं मिनेटमा एन्टोअन ग्रिजम्यानले हार बाट बचाएका हुन् ।
पहिलो हाफमा १८ वर्ष लागेका वर्थ डे ब्याई आन्सु फाती र ग्रिजम्यानले पाएका २ मौका खेर फालेका थिए । गोल किपर नेटोको सानो गल्तीका कारण बार्सिलोना खेलको ३१ औं मिनेटमा एक गोलले पछि परेको थियो ।
जेरार्ड पिके र गोलकिपर नेटो बीचको असमझदारीमा आलभेसका रिओजाले फाईदा उठाउदै गोल गरेका थिए । दोश्रो हाफमा बार्सिलोनाले खेल सुधार गरेपनि आकर्षक फिनिसिङ गर्न सकेन ।
पछिल्लो १५ मिनेटमा बार्सिलोनाले गरेको झण्डै दर्जन आक्रमणलाई आलभेसका गोलकिपरले असफल बनाएका थिए ।