तनहुँ : तनहुँमा थप चार जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । लाइफ केयर एण्ड डाइग्नोष्टिक प्रालि पोखरामा गरिएको परीक्षणमा तनहुँका चार जनालाई कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनालयले आइतबार दिउँसो सार्वजनिक गरेको विवरण अनुसार शुक्लागण्डकी नगरपालिका–३ का २४, २५, व्यास नगरपालिका–१ का ५९ र ठेगाना नखुलेका ४५ वर्षीय पुरुषलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।