सांसद केसीको निधनमा पोखरा महानगरको सेवा बन्द
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    सांसद केसीको निधनमा पोखरा महानगरको सेवा बन्द

    खबरपुञ्ज संवाददाता

    १७ कार्तिक २०७७, मंगलवार

    पाेखरा : प्रतिनिधिसभाका सांसद एवं तत्कालीन पोखरा नगर पञ्चायतका निर्वाचित प्रमुख सूर्यबहादुर केसीको निधन भएपछि उहाँको सम्मानमा आज पोखरा महानगरको सेवा बन्द गरिएको छ ।

    महानगरपालिकाले एक विज्ञप्ति जारी गरी स्व केसीको सम्मानमा महानगर नगर कार्यपालिका कार्यालय र सबै वडा कार्यालय बन्द रहने जनाएको छ । विज्ञप्तिमा केसीको निधनले महानगरपालिकालाई स्तब्ध बनाइएको र प्रतिष्ठित उद्योगीका रुपमा परिचित रहेका उनले पोखराको विकासमा पु¥याउनुभएको योगदानलाई सदा स्मरण गरिने उल्लेख छ ।

    नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यसमेत रहनुभएका सांसद केसीको कात्तिक १७ गते राति १०स्३० बजे ६३ वर्षको उमेरमा आफ्नै निवास मुस्ताङचोकमा निधन भएको थियो । सांसद केसी पोखराको प्रतिष्ठित उद्योगीसमेत थिए ।