तनहुँ : तनहुँको व्यास नगरपालिका-५ का एक पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । ६६ वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
ती पुरुषको सोमबार मृत्यु भएको स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिनुभयो । उहॉमा कात्तिक १६ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
योसँगै तनहुँमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १२ पुगेको छ । व्यासमा पॉच, भीमादमा तीन, ऑबुखैरेनीमा दुई र शुक्लागण्डकी र म्याग्देमा एक/एक जनाको मृत्यु भएको छ ।