लमजुङ : लमजुङको क्व्होलासोंथर गाउँपालिकाको प्रशासनिक भवन निर्माण हुने भएको छ । उक्त भवनको बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शिलान्यास गर्नुभ्एको छ ।
गाउँपालिकाको प्रशासनिक भवन गाउँपालिका केन्द्र मालिङमा निर्माण गर्न गण्डकी प्रदेश सरकारले पहिलोपटक रु एक करोड र दोस्रो पटक रु ५० लाख बजेट विनियोजन गरेको छ । गाउँपालिकाले पनि रु एक करोड बजेट विनियोजन गरेको छ ।
भवन निर्माणका लागि रु चार करोड १९ लाख लाग्ने अनुमान छ । आवश्यक रकम प्रदेश सरकार र स्थानीय सरकारले क्रमशः उपलब्ध गराउँदै जानेछन् ।