पाेखरा : गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापामगरलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण भएको छ ।
रुघाखोकी र ज्वरो आएपछि मंगलवार स्वाब संकलन गरी परीक्षण गरिएकोमा उहाँको बुधवार रिपोर्ट पोजेटिभ आएको हो । शुरूआतका दिनमा ज्वरो आएकोमा अहिले स्वास्थ्य अवस्था सामान्य रहेकोले केही दिनमा पूर्ववत् काममा फर्किने मन्त्री थापामगरले विश्वास व्यक्त गर्नुभएकाे छ ।