चितुवाको आक्रमणबाट युवतीको ज्यान गयो, स्थानीयले मारे चितुवा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • सुदूरपश्चिम

    चितुवाको आक्रमणबाट युवतीको ज्यान गयो, स्थानीयले मारे चितुवा

    खबरपुञ्ज संवाददाता

    २४ कार्तिक २०७७, सोमबार

    बैतडी : बैतडीको शिवनाथ गाउपालिकाकी एक युवतीको चितुवाको आक्रमणबाट मृत्यु भएको छ । चितुवाको आक्रमणबाट वडा नं ४ की १८ वर्षीया माया महताको मृत्यु भएको हो ।

    घाँस काट्न छिमेकी जिल्ला डडेल्धुराको भागेश्वर गाउपालिका वडा नं १ को जंगलमा पुगेकी किशोरीको साेमबार दिउँसो चितुवाको आक्रमणबाट मृत्यु भएको शिवनाथ गाउपालिकाका अध्यक्ष कर्ण सिह सावदले जानकारी दिनुभयो । युवतीलाई आक्रमण गर्ने नरभक्षी चितुवालाई स्थानीयले घेरा हालेर मारेका छन् ।