नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारी साधन नियन्त्रण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    नदीजन्य पदार्थ उत्खनन् गर्ने सवारी साधन नियन्त्रण

    खबरपुञ्ज संवाददाता

    २४ कार्तिक २०७७, मंगलवार

    तनहुँ : अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने तीन सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ स्थित नदी किनारबाट प्रहरीले मङ्गलबार तीन वटा ट्याक्टर नियन्त्रणमा लिएको हो ।

    जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरिक्षक युवराज तिमिल्सिनाका अनुसार ग १ त २५९०, ग १ त ४१५८ र को २ त ६२९१ नं को ट्याक्टर नियन्त्रणमा लिइएको छ । इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको ट्याक्टर आवश्यक कारवाहीका लागि शुक्लागण्डकी नगरपालिका पठाइएको छ ।