पूर्वमन्त्री गौतमको निधन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    पूर्वमन्त्री गौतमको निधन

    खबरपुञ्ज संवाददाता

    २७ कार्तिक २०७७, बिहीबार

    तनहुँ : पूर्वमन्त्री भीमप्रसाद गौतमको निधन भएको छ । केही दिनदेखि अस्वस्थ गौतमको बन्दीपुर गाउँपालिका-१ पिप्लेस्थित आफ्नै निवासमा बिहीबार निधन भएको हो ।

    कम्युनिष्ट आन्दोलनका नेता एवं तनहुँ जिल्लाको किसानहरूको प्रिय नेताका रुपमा परिचित गौतम जनता समाजवादी पार्टीका केन्द्रीय सल्लाहकार अध्यक्ष समेत हुनुहुन्थ्यो ।

    विगत केही समयदेखि विरामी पर्नुभएका गौतम चितवनस्थित अस्पतालबाट उपचार पश्चात् घर फर्किनुभएको थियो । गौतमको निधनले तनहुँले विकासप्रेमी व्यक्तित्व गुमाउनुपरेको बन्दिपुर गाउँपालिका वडा नं १ का वडा अध्यक्ष भानुभक्त पोखरेलले बताउनुभयो ।