गाउँपालिकामा शोक बिदा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    गाउँपालिकामा शोक बिदा

    खबरपुञ्ज संवाददाता

    २७ कार्तिक २०७७, बिहीबार

    तनहुँ : तनहुँको बन्दीपुर गाउँपालिकाले शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बन्दीपुर गाउँपालिका–१ पिप्ले निवासी पूर्वमन्त्री भीमप्रसाद गौतमको निधन भएको दुःखद क्षणमा गाउँपालिकाले शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

    संविधानसभा सदस्य, पूर्व भूमिसुधार तथा व्यवस्था मन्त्री गौतमको असामयिक निधनले बन्दीपुर गाउँपालिका मर्माहत भएको र शोकको घडीमा मृत आत्माको चीरशान्तिको कामना गर्दै सार्वजनिक बिदा दिने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी दिनुभयो ।

    उहाँका अनुसार सार्वजनिक बिदामा गाउँपालिकाको कार्यालय, वडा कार्यालयहरु, गाउँपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्था एवं गाउँपालिका मातहतका कार्यालय पूर्ण रुपमा बन्द रहनेछन् ।

    गौतमको बिहीबार निवासमा निधन भएको हो । विगत केही समयदेखि विरामी पर्नुभएका गौतम चितवनस्थित अस्पतालबाट उपचार पश्चात् घर फर्किनुभएको थियो । उहाँको आजै देवघाटमा दाहसंस्कार गरिएको छ ।