शुक्लागण्डकीकाे छरछरेमा जीप दुर्घटना : दुई घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    शुक्लागण्डकीकाे छरछरेमा जीप दुर्घटना : दुई घाइते

    खबरपुञ्ज संवाददाता

    २७ कार्तिक २०७७, बिहीबार

    तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिका –१० छरछरेमा जीप दुर्घटना भएको छ । बिहीबार साँझ ८ बजेतिर दुलेगौँडा बजारदेखि बाङराङ जादै गरेको ग १ ज ६४०१ नम्बरको जीप दुर्घटना हुँदा दुई जना घाईते भएका छन् ।

    घाइते हुनेमा सवारी चालक बाङराङका २० वर्षीय शिव खाँण र जीपमा सवार सोही ठाउँका करिब ३० वर्षीय राजु भुजेल रहेको वडा सदस्य राजेन्द्र भट्टराई क्षेत्रीले बताउनुभयाे । खाँणको अवस्था गम्भीर रहेको छ भने भुजेलको अवस्था मध्यम छ । दुलेगौँडाको तनहुँ सेवा हस्पिटलमा सामान्य उपचारपश्चात पोखरा रिफर गरिएको क्षेत्रीले जानकारी दिनुभयाे ।