व्यास नगरपालिका मङ्सिर ५ सम्म बन्द
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यास नगरपालिका मङ्सिर ५ सम्म बन्द

    खबरपुञ्ज संवाददाता

    २७ कार्तिक २०७७, शुक्रबार

    तनहुँ : तनहुँको व्यास नगरपालिका मङ्सिर ५ गतेसम्म बन्द रहने भएको छ । कोभिड-१९ सङ्क्रमणको जोखिम बढेको र कर्मचारीमा समेत कोरोना सङ्क्रमण देखिएपछि नगरपालिकाले मङ्सिर ३ गतेदेखि ५ गतेसम्म सम्पूर्ण कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।

    मङ्सिर २ गतेसम्म तिहारकै सार्वजनिक बिदा छ । व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले स्वास्थ्य र सुरक्षा बाहेकका सबै सेवा उक्त अवधिमा बन्द रहने जानकारी दिनुभयो ।