तिहारमा कैदीबन्दीको निधार खाली
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तिहारमा कैदीबन्दीको निधार खाली

    खबरपुञ्ज संवाददाता

    ३० कार्तिक २०७७, सोमबार

    तनहुँ : यस वर्षको भाईटीकामा जिल्ला कारागार तनहुँका कैदीबन्दीको निधार खाली भएको छ । कोभिड–१९ को जोखिमका कारण कारागारका कैदीबन्दीलाई दिदीबहिनीबाट टीका लगाउन रोक लगाइएसँगै कैदीबन्दीको निधार खाली भएको हो ।

    कोभिडको जोखिम कायमै रहेकाले यस वर्षको तिहारमा टीका लगाउन रोक लगाइएको कारागारका सूचना अधिकारी नारायण अधिकारीले जानकारी दिनुभयो । “कोरोनाको जोखिम कायमै रहेकाले तिहारमा दिदीबहिनीलाई बोलाएर कैदीबन्दीलाई टीका लगाउने व्यवस्था गर्न सकेनौ,” उहाँले भन्नुभयो, “सबै कैदीबन्दीलाई अहिलेको परिस्थितिबारे बुझाएर सहमत गराएका छौ ।”

    कारागार प्रशासनले दशैंमा पनि आफन्तजनबाट टीका लगाउन रोक लगाएको थियो । दशैंमा कारागारमै रहेका ज्येष्ठ कैदीबन्दीबाट अन्यले टीका लगाएका थिए । गत वर्षको दशैं तिहारमा कारागारले आफन्तजनबाटै कैदीबन्दीलाई टीका लगाउने व्यवस्था मिलाउँदै आएको थियो । तर यस वर्ष कोरोनाको जोखिम शुरु भएसँगै कैदीबन्दी भेटघाटलाई पनि कडाई बनाइएको छ ।