२४ घण्टामा थपिए १४४२ सङ्क्रमित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    २४ घण्टामा थपिए १४४२ सङ्क्रमित

    खबरपुञ्ज संवाददाता

    २ मंसिर २०७७, बुधबार

    काठमाडौं : पछिल्लो २४ घण्टामा थप १४४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६७३१ जनामा गरिएको परीक्षणमा ९०८ पुरुष र ५३४ जना महिलामा संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ३५३८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म १ लाख ८२ हजार ७८० जना संक्रमणमुक्त भएका छन् । देशभर सक्रिय संक्रमितको संख्या २८ हजार ८७८ रहेको छ ।