चितुवा खोरमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    चितुवा खोरमा

    खबरपुञ्ज संवाददाता

    ५ मंसिर २०७७, शनिबार

    तनहुँ : तनहुँको आँबुखैरेनी गाउँपालिका–२ पौवा गाउँमा शनिबार खाेरमा परेर चितुवा नियन्त्रणमा आएको छ । डिभिजन वन कार्यालय तनहुँले तिहार भन्दा अगाडी उक्त ठाउँमा राखेको फलामको खोरमा परेर चितुवा नियन्त्रणमा आएको हो ।

    नियन्त्रणमा आएको चितुवा अन्दाजी १२ वर्षको र ४० किलोभन्दा बढी रहेको सहायक वन अधिकृत सुरेश भुजेलले जानकारी दिनुभयो । “स्थानीयले पालेका वस्तुमाथि आक्रमण बढ्न थालेपछि कार्यालयले फलामको खोर राखेको थियो,” उहाँले भन्नुभयो, “खोरमा परेर भाले चितुवा नियन्त्रणमा आएको छ ।” नियन्त्रणमा आएको चितुवालाई अन्यत्रै स्थानान्तरण गरिनेछ ।

    जिल्लाका विभिन्न ठाउँमा चितुवाको आतङ्क छ । भानु नगरपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका, शुक्लागण्डकी नगरपालिकामा चितुवाको आक्रमणबाट बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाले वस्तीमै आएर स्थानीयवासीले पालेका वस्तुमाथि पनि आक्रमण गर्ने गरेको छ ।