गण्डकीमा शनिबार १ सय ९ जनालाई कोरोना पुष्टी, तनहुँमा थपिए २४ जना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकीमा शनिबार १ सय ९ जनालाई कोरोना पुष्टी, तनहुँमा थपिए २४ जना

    खबरपुञ्ज संवाददाता

    ५ मंसिर २०७७, शनिबार

    दुलेगौँडाः पछिल्लो २४ घण्टामा गण्डकी प्रदेशमा थपिएका कोरोना संक्रमित भन्दा धेरै निको भएका छन् । स्वास्थ्य निर्देशनालय गण्डकीले सार्वजनिक गरेको विवरण अनुसार ७ सय ३५ जनाको पिसीआर परिक्षण गर्दा ८ जिल्लाका १ सय ९ जना संक्रमित थपिएका हुन् । यो संगै प्रदेशमा कुल संक्रमितको संख्या १० हजार ९ सय ३६ पुगेको छ ।


    शनिबार सबैभन्दा धेरै कास्कीमा ५६ जना संक्रमित थपिए । तनहुँमा २४, नवलपुरमा १२, लमजुङमा ५, स्याङजा र बाग्लुङमा ४/४, पर्वत र म्याग्दीमा २/२ जना संक्रमित थपिएका हुन् । गोरखा, मनाङ र मुस्ताङमा भने संक्रमित थपिएनन ।


    यस्तै, पछिल्लो २४ घण्टामा १ सय ४० जना संक्रमित निको भएका छन् । योसंगै निको हुनेको संख्या ६ हजार २ सय १४ पुगेको छ । अब सक्रिय संक्रमित ४ हजार ५ सय ८१ जना आईसोलेसनमा छन् ।
    शनिबार गण्डकीका २ जनाले कोरोनाकै कारण ज्यान गुमाए । यो संगै गण्डकीमा ज्यान गुमाउने कोरोना संक्रमितको संख्या १ सय ४१ पुगेको छ ।


    गण्डकी प्रदेशमा हालसम्म १ लाख ३ हजार ६ सय १४ पिसीआर परिक्षण गरिएकोमा ९२ हजार ६ सय ७८ जनाको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।